Kathmandu Press

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

रौतहट, असोज  १ : यमुनामाई गाउँपालिका ५ बस्ने १९ वर्षीय रुपक झालाई चोरी गरेर ल्याउँदै गरेको ना.५२ प १५९८ नम्बरको मोटरसाइकलसहित शुक्रबार बिहान...
मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

रौतहट, असोज  १ : यमुनामाई गाउँपालिका ५ बस्ने १९ वर्षीय रुपक झालाई चोरी गरेर ल्याउँदै गरेको ना.५२ प १५९८ नम्बरको मोटरसाइकलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

गौर नगरपालिका ३ विपी चोकमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित टिकुलीया पेट्रोल पम्प नजिकबाट चोरी गरी ल्याउदै गरेको अवस्थामा उक्त मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्