Kathmandu Press

फ्रान्सेली नयाँ राजदूत काठमाडौंमा

काठमाडौं, असोज १ : फ्रान्सले वरिष्ठ परराष्ट्र मामिला सल्लाहकार जिल बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गरेको छ।  कार्यभार सम्हाल्न राजदूत बुरबाओ शुक्रबार काठमाडौं आएका...
फ्रान्सेली नयाँ राजदूत काठमाडौंमा

काठमाडौं, असोज १ : फ्रान्सले वरिष्ठ परराष्ट्र मामिला सल्लाहकार जिल बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गरेको छ।  कार्यभार सम्हाल्न राजदूत बुरबाओ शुक्रबार काठमाडौं आएका छन्।

राजदूत बुरबाओलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। नेपालमा तीन वर्ष तीन दिनको कार्यकाल पूरा गरी बिहीबार राति फ्रान्सेली राजदूत फस्वा जेभे लेजे स्वदेश फर्किका थिए।

फ्रान्स प्रस्थान गर्नुअघि उनले नेपालमा आफ्ना तीन वर्षे कार्यावधि अति व्यस्ततामा बिते पनि पारस्परिक सम्बन्धलाई सबल तुल्याउन फलदायी भएको बताए। न्यायो आतिथ्य र सहयोगका निम्ति नेपाल तथा सबै तह र तप्काका नेपालीप्रति आभार प्रकट गर्दै उनले पर्यटकका रूपमा पुनः नेपाल भ्रमण गर्ने बताए।

'नेपालको प्राकृतिक सौन्दर्यलाई अझ नजिकबाट नियाल्न नागरिकका रूपमा फेरि नेपाल आउनेछु,' उनले भने।

राष्ट्रपति इम्यानुएल म्याक्रोले यही भदौ ९ गते परराष्ट्र सल्लाहकार बुरबाओलाई नेपालको राजदूतमा नियुक्त गरेका हुन्।

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्