Kathmandu Press

गुल्मीमा देखियो सेताे पुतलीबाट लाग्ने सापु रोग

गुल्मी, असाेज १ : गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन्। आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा...
गुल्मीमा देखियो सेताे पुतलीबाट लाग्ने सापु रोग

गुल्मी, असाेज १ : गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन्। आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ। 

तीमध्ये मालिका र गुल्मी दरबार गाउँपालिकाका एक/एक जना तथा मुसिकोट नगरपालिकाका दुई जना रहेका छन्। सेतो पुतलीको असर हुनेबित्तिकै केन्द्रमा आएकाले आफूहरुले प्राथमिक उपचार गरेर रिफर गरेको आँखा उपचार केन्द्रका नेत्र अधिकृत सूर्यबहादुर बस्नेतले जानकारी दिए। 

सम्पर्कमा आएका सात बिरामीलाई भने सिधै भैरहवा जान सुझाव दिइएको केन्द्रले जनाएको छ। अहिले पनि दैनिक तीन/चार जनाको सङ्ख्यामा सापु रोगको शङ्कामा बिरामी आउने गरेको बस्नेतले जानकारी दिए। सापुको शङ्का लाग्नेबित्तिकै तत्काल स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै बस्नेतले र अटेरी गरेमा आँखाको ज्योति नै गुम्न सक्ने बताए। 

प्रकाशित मिति: १८:५१ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्