Kathmandu Press

५ केजी अवैध लागूऔषध गाँजासहित पक्राउ

बारा, असोज १  : निजगढ नगरपालिका ११ तामागढी सडकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा...
५ केजी अवैध लागूऔषध गाँजासहित पक्राउ
Hardik ivf

बारा, असोज १  : निजगढ नगरपालिका ११ तामागढी सडकबाट ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका १६ का ३७ वर्षीय ठाडा बहादुर दर्लामी र निजगढ नगरपालिका १२ का  २४ वर्षीय बुद्धी लाल पाख्रिन रहेका छन्। प्रदेश २-०३-००४ प ४४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। 

साथै पक्राउ परेका २ जनालाई सोधपुछ तथा अनुसन्धान गर्दा लागूऔषध कारोबारमा अन्य ३ जनाको समेत संलग्नता रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्