Kathmandu Press

नदीजन्य पदार्थ उत्खननमा पुनः रोक

झापा, असोज १ : मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ।नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा  पुनः रोक लगाएको हो। विगतका...
नदीजन्य पदार्थ उत्खननमा पुनः रोक
सांकेतिक तस्बिर

झापा, असोज १ : मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ।

नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा  पुनः रोक लगाएको हो। विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको छ।

Hardik ivf

नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए।

उनले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनुगमन गर्न १५ वटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेको छ।

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्