Kathmandu Press

नेपाली कांग्रेस (बीपी) को सभापतिमा शेरचन

नेपाली कांग्रेस (बीपी) को सभापतिमा शेरचन

काठमाडौं, असोज १ : नेपाली कांग्रेस (बीपी) का सभापतिमा सुशीलमान शेरचन चयन हुनुभएको छ।

यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो।  

Hardik ivf

कांग्रेस (बीपी) को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ।

विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ। कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ। 

विशेष महाधिवेशन सम्पन्नपछि चयन हुनुभएका पार्टी सभापति शेरचनले कांग्रेस (बीपी) ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो। 

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्