Kathmandu Press

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, असोज १ : मोरङ, झापा, तनहुँ, कैलाली र नवलपरासी (पश्चिम) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।मोरङको बुढीगंगा गाउँपालिका(३...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, असोज १ : मोरङ, झापा, तनहुँ, कैलाली र नवलपरासी (पश्चिम) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।

मोरङको बुढीगंगा गाउँपालिका(३ पाईनियर फ्याक्ट्री अगाडि सडकमा बा११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा कारमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया चन्द्रकला राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Hardik ivf

यसैगरी मोरङकै विराटगर महानगरपालिका–१२ स्थित भित्री सडकमा को२१ प ५६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका–१ बस्ने ४२ वर्षीय रंजित कुमार शर्माको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

झापाको मेचिनगर नगरपालिका–१२ कालिझोडास्थित सडकमा को२० प ४ नम्बरको मोटरसाइकल मे१त ७०६३ नम्बरको ट्याक्टरमा ठक्कर खाई बिहीबार राति दुर्घटना मोटरसाइकलमा सवार सोही नगरपालिका(१३ बस्ने ३० वर्षीय युवराज लिम्बुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घानामा घाइते भएका मोटरसाइकल चालक कन्काई नगरपालिका–६ दुर्गापुर बस्ने ३५ वर्षीय दिलिप कुमार कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी झापाकै बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोकस्थित सडकमा मे१० प ६०७ नम्बरको स्कुटर र प्र१–०१–००१ज ३५५५ नम्बरको पिकअप एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर नगरपालिका–१३ बस्ने ३२ वर्षीय पशुराम लिम्बुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार मेचीनगर नगरपालिका(१३ बस्ने ३० वर्षीया मनिषा लिम्बुको सोही अस्पतालमा उपचार भइरहेको छ। पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तनहुँको ब्यास नगरपालिका(१२ मुसेखोला पुल नजिक सडकमा ना।७ ख ९२३७ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल पल्टिएर गएराति दुर्घटना हुँदा ट्रक चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको  घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार नवलपरासी कावासोती बस्ने १४ वर्षीय राजकुमार बिकलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ। 

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सडकमा से।४ प ८७३ नम्बरको मोटरसाइकल रोकी राखेको ना।४ ख ३४२५ नम्बरको ट्रकमा ठोकिएर बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ बस्ने ३० वर्षीय टेक बहादुर बोहराको मृत्यु भएको छ।

दुर्घानामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गोदावरी नगरपालिका(२ बस्ने ३० वर्षीय राम बहादुर पालको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–७ ज्यामिरेस्थित सडकमा लु।३७ प ६९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवल नगरपालिका–४  रमवापुर बस्ने २७ वर्षीय बिष्णु चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर  घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: १६:३१ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्