Kathmandu Press

अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, डेब्युु गर्दै गुल्सन झा

अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, डेब्युु गर्दै गुल्सन झा

काठमाडौं, असोज १ : एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजअन्तर्गत अमेरिकाविरुद्ध दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो।

अमेरिकाविरुद्ध नेपालले प्लेइङ सेटमा एक परिवर्तन गरेको छ। नेपालले मिडियम फास्ट बलर विक्रम शोबको स्थानमा युवा बलर गुल्सन झा टिम राखेको छ। गुल्सन झाले नेपाली टिममा डेब्युु गर्न लागेका हुन्।

यही त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। सो खेलमा कुलश भुर्तेल र रोहितकुमार पौडेल उत्कृष्ट ब्याटिङ गरेका थिए।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र सुशान भारी।

प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, असोज १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्