शिक्षा मन्त्रालयबाट पुरस्कार पाउने व्यक्ति तथा संस्थाकाे नाम घोषणा
काठमाडौं, असोज १ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास विस्तार र उन्नयनमा विशेष योगदान पुर्याएको भन्दै विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार...
काठमाडौं, असोज १ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास विस्तार र उन्नयनमा विशेष योगदान पुर्याएको भन्दै विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार तथा कदरपत्र दिने भएको छ।
नवौं विश्व विज्ञान दिवसका अवसरमा आज (शुक्रबार) मन्त्रालयले १२ जना व्यक्ति र तीन संस्थालाई पुरस्कार तथा कदरपत्र दिने जानकारी दिएको हो।
मन्त्रालयले विज्ञान पत्रकारितातर्फ कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल प्रविधितर्फ डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा. दीपक प्रसाद शर्मा, अन्तरिक्ष प्रविधितर्फ प्रा.डा. उदयराज खनाललाई पुरस्कार तथा कदरपत्र दिन लागिएको जनाएको छ।
त्यस्तै जैविक प्रविधितर्फ प्रा.डा. प्रकार घिमिरे माइक्रोबायोलोजी केन्द्रीय विभाग त्रिवि, विपद न्यूनीकरणसम्बन्धी प्रविधितर्फ डा. प्रदीप ज्ञवाली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, उदयीमान प्रविधिमा डा.आभाष मास्के नास्टलाई प्रदान गर्ने मन्त्रालयले जनाएको छ।
सबैलाई कदरपत्रसहित जनही २५ नगद राशि प्रदान गरिने मन्त्रालयको भनाइ छ।
त्यसैगरी बिपी कोइराला संग्रहालय सुन्दरीजल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका निरीक्षक शम्भु आचार्य, शाखा अधिकृत महेश श्रेष्ठलाई विशेष कदरपत्र प्रदान गरिने बताइएको छ।
त्यस्तै मेकानिकल इन्जिनियर गीता बस्याल, प्राविधिक अधिकृत वेदबहादुर भण्डारी, प्रमुख वैज्ञानिक अधिकृत दिनेशकुमार झा र वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानलाई पनि विशेष कदरपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ।










