Kathmandu Press

संविधान संशोधनका लागि दबाब दिन असोज ३ मा बृहत् नागरिक आन्दोलनको मार्च

काठमाडौं, असोज १ : बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान दिवसका दिन काठमामाडौंमा मार्च गर्ने भएको छ। संविधान संशोधनका लागि दबाब दिन माइतीघर...
संविधान संशोधनका लागि दबाब दिन असोज ३ मा बृहत् नागरिक आन्दोलनको मार्च

काठमाडौं, असोज १ : बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान दिवसका दिन काठमामाडौंमा मार्च गर्ने भएको छ। 

संविधान संशोधनका लागि दबाब दिन माइतीघर मण्डलादेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म मार्च गर्न लागिएको बृहत् नागरिक आन्दोलनले शुक्रबार अपिल जारी जानकारी दिएको छ। अपिलमा सो मार्चमा सहभागी हुन सबैलाई आग्रह पनि गरिएको छ।

Hardik ivf

सामाजिक न्यायसहितको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संविधान संशोधन गर्न दबाब दिन लागिएको बृहत् नागरिक आन्दोलनले जनाएको छ।

‘जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत हासिल गर्न ३ असोजमा संविधान संशोधनको आवाज बुलन्द गरौं। जनदबाबबाट मात्र जनाकांक्षाहरू सुनुवाइ गराउन सकिने हुनाले सबै संघर्षशीलहरूबीच उक्त दिन बृहत् ऐक्यबद्धता प्रदर्शित गर्दै आफ्ना असहमति र विरोध संगठित रूपमा प्रकट गरौं,’ अपिलमा भनिएको छ।

संविधान जसरी बनाइयो, त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू नगरिएको अपिलमा बताइएको छ। 

‘संविधान अधुरो र अपुरो छँदै छ,’ अपिलमा उल्लेख छ, ‘त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहलसमेत भएको छैन।’

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्