डुबेर दुईजनाको मृत्यु

काठमाडौं, असोज १ : रौतहट र भोजपुरमा डुबेर दुईजनाको मृत्यु भएको छ।
रौतहटको देवाही गोनाही नगरपालिका–७ स्थित निर्माणाधीन पोखरीमा घुँगी टिप्ने क्रममा डुबेर कटहरिया नगरपालिका–६ बस्ने रामकलेश महतोको छोरी १० वर्षीया निसु कुश्वाहा र वृन्दाबन नगरपालिका–२ बस्ने जंगबहादुर पटेलको छोरी १४ वर्षीया मुस्कान कुमारीको बिहीबार दिउँसो मृत्यु भएको छ।
भोजपुरको आमचोक गाउँपालिका–१ र २ को सिमानास्थित छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर आमचोक गाउँपालिका–१ खाम्ताङ बस्ने डिकमान परियारको छोरी १४ वर्षीया तारा परियारको बिहीबार दिउँसो मृत्यु भएको छ।
पौडी खेल्ने क्रममा तारा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर, प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










