Kathmandu Press

पति हत्या आरोपमा एक महिला पक्राउ

दाङ, असोज १ : आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने...
पति हत्या आरोपमा एक महिला पक्राउ

दाङ, असोज १ : आफ्नै पतिको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

Hardik ivf

छविनारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ।      

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्