Kathmandu Press

पहिरो जाँदा कर्णाली राजमार्ग ठप्प

खलंगा, साउन १२ : कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिट....

पहिरो जाँदा कर्णाली राजमार्ग ठप्प

खलंगा, साउन १२ : कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए।

उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ। ‘यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो,’ प्रजिअ कार्कीले भने, ‘पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ।’

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरसहितको टोली त्यसतर्फ गएको छ। कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोका कारण करिब ४० मिटर सडक भासिएकाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्ज हुँदै कालीकोटका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन्। सानो तिनो उपकरणले बाटो खुलाउन नसकिने भएकाले ठूलो उपकरणको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, साउन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्