Kathmandu Press

करेन्ट लागेर ओखलढुङ्गामा एकको मृत्यु

ओखलढुङ्गा, असोज १ : ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ। सोही...
करेन्ट लागेर ओखलढुङ्गामा एकको मृत्यु

ओखलढुङ्गा, असोज १ : ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ। 

सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको बताए। 

प्रकाशित मिति: १३:११ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्