Kathmandu Press

गुण एयरलाइन्सको पुनः उडान सुरु

काठमाडौं, असोज १ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आज (शुक्रबार) देखि आफ्नो नियमित उडान सुरु गरेको छ।आफ्ना दुई विचक्राफ्ट र...
गुण एयरलाइन्सको पुनः उडान सुरु

काठमाडौं, असोज १ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आज (शुक्रबार) देखि आफ्नो नियमित उडान सुरु गरेको छ।

आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कुल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ।

Hardik ivf

सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्य तुम्लिङटार, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र सुर्खेतमा उडान भर्ने योजना बनाइएको छ।

आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले बताए।

नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो।

सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो। सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए। त्यसमा थप पाँच जहाज खरिद गरी सङ्ख्या सात पुर्‍याइएको हो।

गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो। गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन्। जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन्।

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्