Kathmandu Press

बैतडीको दशरथचन्दमा जात्राका लागि दुई दिन सार्वजनिक बिदा 

बैतडी, असोज १ : बैतडीको सदरमुकामसमेत रहेको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।वडा...
बैतडीको दशरथचन्दमा जात्राका लागि दुई दिन सार्वजनिक बिदा 

बैतडी, असोज १ : बैतडीको सदरमुकामसमेत रहेको दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

वडा २ स्थित देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका लागि असोज ३ र ४ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगरप्रमुख नरेन्द्रसिंह थापाका अनुसार ती दिनमा नगरपालिकाअन्तर्गत रहेका सबै सरकारी कार्यालय, गैरसरकारी संस्थामा बिदा हुनेछ।

निङ्गलाशैनी भगवती मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ। यहाँ हरेक वर्ष भाद्र शुक्ल त्रयोदशीदेखि शुरु हुने यो जात्रा भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुने गर्दछ।

यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलनसमेत रहिआएको छ।

यो जात्रामा बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले बताए। जात्रामा निङ्गलाशैनी भगवतीको दर्शन गरे मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ।

जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन्। 

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्