Kathmandu Press

रङ्गशालाका लागि कर्मचारी र जनप्रतिनिद्वारा ५१ लाख प्रदान

चितवन, साउन १२ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस–सुन्तली फाउन्ड....

रङ्गशालाका लागि कर्मचारी र जनप्रतिनिद्वारा ५१ लाख प्रदान

चितवन, साउन १२ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस–सुन्तली फाउन्डेसनलाई ५१ लाख ५० हजार सहयोग गरेका छन्।

आज एक कार्यक्रमबीच महानगर प्रमुख रेनु दाहालले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई चेक हस्तान्तरण गरेकी छन्। महानगरका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट रकम सङ्कलन गरिएको जनाएको छ।

उनले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन् भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पनि माहोल सिर्जना गर्नुपर्नेमा जोड दिइन्।

रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश ३ बाट पनि पाँच करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए।

गत माघ १६ गते फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, साउन १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्