Kathmandu Press

सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न आग्रह 

काठमाडौं, असोज १ : मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन् ।निजी तथा आवासीय...
सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न आग्रह 

काठमाडौं, असोज १ : मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गरेका छन् ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको आज आयोजना भएको दोस्रो अधिवेशनमा उहाँले अरु जिल्लामा विद्यालय खुले भन्दै हतारिएर विद्यालय खोले पछुताउनुपर्ने बताए । अठार वर्षमाथि उमेरकाले कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्षमुनिका बालबालिकामा तेस्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिकाभन्दा पछि अन्तिममा मात्रै विद्यालय खोल्ने अनुमति दिने बताए ।

Hardik ivf

दशैँमा घर गएर आउनेहरुले थप कोभिडको जोखिम बढाउने भन्दै उनले दशैँपछाडि विद्यालय सञ्चालनका लागि पूर्वाधारको तयारी गर्ने र कोभिड महामारीको अवस्था हेरेर मात्रै तिहारपछि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने बताए । नगरप्रमुख श्रेष्ठले भने, “सनकका भरमा विद्यालय सञ्चालन गर्दा कोभिडका कारण एउटा विद्यार्थीको मात्रै ज्यान गयो भने के हुन्छ ? त्यसैले भौतिकरूपमा विद्यालय सञ्चालन गरेपछि कुनै पनि विद्यार्थीको भौतिक क्षति नहुने गरी विद्यालय सञ्चालन गर्नुपर्छ अहिले विद्यालय खोल्न हतार नगरौँ ।”

अहिले विद्यालयले पनि नाफा घाटा हेर्ने समय नभएको भन्दै उनले कोभिड भाइरसले कसैलाई पनि नचिन्ने भएकाले भोलि हुने क्षतिलाई रोक्न आजै सचेत हुनुपर्ने औल्याए ।  

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमाल, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीलगायतले अब मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्ने बताए । (रासस) 
    

प्रकाशित मिति: ०६:३७ बजे, शुक्रबार, असोज १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्