Kathmandu Press

संखुवासभा घटनाबारे अनुसन्धान गर्ने पाँच उत्कृष्ट प्रहरी पुरस्कृत

काठमाडौं, भदौ ३१ : संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्ने पाँच जना प्रहरी पुरस्कृत भएका...
संखुवासभा घटनाबारे अनुसन्धान गर्ने पाँच उत्कृष्ट प्रहरी पुरस्कृत

काठमाडौं, भदौ ३१ : संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धान गर्ने पाँच जना प्रहरी पुरस्कृत भएका छन्। सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै पाँच जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ।

पुरस्कृत हुनेहरुमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन्। 

Hardik ivf

अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरुको कार्य सम्पादन स्तरमासमेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने भन्दै पुरस्कृत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आआफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरेको छ।

प्रकाशित मिति: २०:४५ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्