Kathmandu Press

तराई सडक परियोजनाको प्रगति समीक्षा

काठमाडौं, भदौ ३१ : नेपाल र भारतका अधिकारीले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा गरेका छन्। नेपालको तराई क्षेत्रको...
तराई सडक परियोजनाको प्रगति समीक्षा

काठमाडौं, भदौ ३१ : नेपाल र भारतका अधिकारीले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा गरेका छन्। नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरणसम्बन्धी चौथो संयुक्त परियोजना अनुगमन समितिको आज भिडियो कन्फरेन्समार्फत भएको बैठकमा प्रगति समीक्षा भएको हो। 

भारतको विदेश मन्त्रालयका उत्तर महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा बैठकमा नेपालमा निर्माण भइरहेका तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा भएको थियो। 

Hardik ivf

परियोजनाअन्तर्गत १४ वटा सडक ‘प्याकेज’मध्ये १३ वटा निर्माण सम्पन्न भइसकेको सन्दर्भमा प्राप्त उपलब्धिप्रति दुवै पक्षले सन्तुष्टि जनाउँदै कोभिड महामारीबाट उत्पन्न विषम परिस्थितिमा पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण अन्तिम चरणमा पुगेकामा खुशी व्यक्त गरेका थिए।   

बैठकमा नेपाली पक्षले भारत सरकारले नेपालमा सडक सञ्जाललगायतका पूर्वाधार विकासमा पुर्‍याएको निरन्तर सहयोगको सराहना गरेको थियो भने भारत सरकारले पनि दुई देशबीच सम्पर्क सञ्जाल विस्तारका निम्ति नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाएकामा हर्ष प्रकट गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। अनुगमन समितिको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने मितिमा आयोजना गर्ने सहमति भएको छ। 

प्रकाशित मिति: २०:२४ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्