Kathmandu Press

बाल र मातृ मृत्युदर घट्यो

काठमाडौं, भदौ ३१ : नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ। आठौँ...
बाल र मातृ मृत्युदर घट्यो

काठमाडौं, भदौ ३१ : नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ। आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो।  

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेकाले मृत्युदर घटेको बताए। उनले गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा विकास क्षेत्रमासमेत सकारात्मक प्रभाव पारेको बताए। सरकारले परिवार योजनामा एक रुपैयाँ खर्च गर्दा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा ३.१ रुपैयाँ प्रतिफल हुने सरकारको परिवार नियोजन लागत कार्यान्वयन योजनाले प्रक्षेपण गरेको छ। 

Hardik ivf

सरकारले सबै तहमा स्वास्थ्य सेवा केन्द्र तथा गैरसरकारी संस्थाद्वारा सञ्चालित क्लिनिक र औषधि पसलमा गर्भनिरोधका स्थायी÷अस्थायी साधन र सेवा उपलब्ध गराउँदै आएको छ। असुरक्षित यौन सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुने, यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित सुत्केरी हुने सम्भावन बढ्छ। यसबाट मातृ तथा शिशुको रुग्णता र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ। 

परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले कोभिड–१९ को महामारी र निषेधाज्ञाले परिवार नियोजन सेवाको पहुँच घट्न गई अनिच्छित गर्भ हुनेको संङ्ख्या बढेको बताए। 

यही असोज २ गते ‘कोभिड–१९ को महामारीः परिवार योजना सेवामा सबैको पहुँच बराबरी’ भन्ने आर्दश वाक्यका साथ दिवस मनाउन लागिएको छ। नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण–२०१९ अनुसार नेपालमा ४४ प्रतिशत मानिस परिवार नियोजन साधन प्रयोग गर्ने गर्दछन् । दिगो विकासको लक्ष्यअनुसार नेपालले सन् २०३० सम्ममा ६० प्रतिशत साधन प्रयोग गर्ने सङ्ख्या पु¥याउनुपर्ने हुन्छ। 

आधुनिक परिवार नियोजन साधनको प्रयोग दर सबभन्दा बढी ३५ देखि ४४ वर्ष उमेर समूहमा हुने  गरेको छ। परिवार योजना ठिकसँग अपनाउन सकेको खण्डमा आमा, नवशिशु र बालस्वास्थ्यमा सुधार ल्याउन, आर्थिक सुधार गर्न, शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न, एचआइभी सङ्क्रमण रोकथाम गर्न सकिन्छ। 

हाल नेपालमा नौ वटा आधुनिक परिवार नियोजनको साधन÷विधी उपलब्ध गराइँदै आइरहेको छ। सन् १९७६ देखि २०१९ को बीचमा परिवार नियोजन सेवाको प्रयोग दर २.९ देखि ४७ प्रतिशत बढेको र कूल प्रजनन दर ६.३ बाट २.० मा घटेको पाइएको छ। 

प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्