Kathmandu Press

स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं, भदौ ३१ : स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित वीरगंज महानगरपालिका ६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद...
स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित २ जना पक्राउ
Hardik ivf

काठमाडौं, भदौ ३१ : स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित वीरगंज महानगरपालिका ६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका ३ लिपनीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महनगरपालिका-६ माईस्थानस्थित कन्हैया प्रसादको केपि ज्वेलर्समा हुण्डी कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ज्वेलर्समा तलासी गर्दा उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल,१६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर समेत फेला पारी बरामद गरेको छ ।
 

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्