Kathmandu Press

शिशु हत्याको आरोपमा महिला कारागार चलान

बैतडी, भदौ ३१ : नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ।डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई...
शिशु हत्याको आरोपमा महिला कारागार चलान

बैतडी, भदौ ३१ : नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ।

डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो । 

Hardik ivf

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो।

सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।   

प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत  अदालतमा पेश गरेको थियो। कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ।

उनी स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन्।

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्