Kathmandu Press

भेनेजुएलाको सत्ता पलटः बल्ल बोल्यो नेपाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा भएको सत्ता परिवर्तनमा अमेरिकी भूमिकाको निन्दा गरेको तीन दिनपछि सरकारले त्यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको छ । 

....
भेनेजुएलाको सत्ता पलटः बल्ल बोल्यो नेपाल
फाईल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा भएको सत्ता परिवर्तनमा अमेरिकी भूमिकाको निन्दा गरेको तीन दिनपछि सरकारले त्यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको छ । 

परराष्ट्र मन्त्रालयले अहिले भर्खरै एक विज्ञप्ति जारी गर्दै भेनेजुएला संकटको समाधान संविधानको परिधिभित्र, प्रजातान्त्रिक तवरले र वाह्य हस्तक्षेपबिना हुनुपर्ने प्रतिक्रिया दिएको छ । 

भेनेजुएलाको आगामी संवैधानिक एवं राजनीतिक मार्गचित्र कोर्ने अधिकार त्यहीँका जनतामा निहित रहेको धारणा नेपालले व्यक्त गरेको छ ।

काठमाडौं, माघ १५: नेपालले आफू भेनेजुएलामा शान्ति, स्थिरता र एकताको पक्षमा रहेको भन्दै त्यहाँको संकटको शान्तिपूर्ण समाधान हुनुपर्ने धारणा प्रकट गरेको छ ।

दाहालको विज्ञप्तिमा झै परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा पनि भेनेजुएलामा वाह्य हस्तक्षेप हुनु नहुने धारणा व्यक्त गरिएको छ, तर कुटनीतिक रुपमा । दाहालले चाहिँ भेनेजुएला प्रकरणमा अमेरिकाको कडा भत्सर्ना गरेका थिए ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली डाभोस बैठकबाट फर्किन लागेको बेला गत शुक्रबार प्रचण्डको विज्ञप्ति आएको थियो । तर, प्रधानमन्त्री ओलीले चाहिँ यस विषयमा बोलेका थिएनन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले यस विषयमा दुई अध्यक्षबीच सल्लाह हुनै नपाएको बताएका थिए, जसले सत्तारुढ नेकपा रुपमा पार्टी भए पनि सारमा मोर्चा नै रहेको देखाएको थियो ।

प्रकाशित मिति: २२:०९ बजे, मंगलबार, माघ १५, २०७५