Kathmandu Press

फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य उपकरण सहयोग

काठमाडौं, भदाै ३१ : फ्रान्स सरकारले कोभिड-१९ विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको...
फ्रान्सद्वारा नेपाललाई थप स्वास्थ्य उपकरण सहयोग

काठमाडौं, भदाै ३१ : फ्रान्स सरकारले कोभिड-१९ विरुद्धको नेपाल सरकारको लडाइँमा थप सहयोगस्वरुप अक्सिजन प्लान्टका निम्ति आवश्यक पर्ने अतिरक्त पाटपुर्जा र उपकरण प्रदान गरेको छ। 

फ्रान्सेली कम्पनी नोभेरले उत्पादन गरेका अक्सिजन प्लान्टमा प्रयोग हुने अतिरिक्त पार्टपुर्जा नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जेभिए लेजेले विभिन्न आठ अस्पतालका प्रतिनिधिलाई आज हस्तान्तरण गरेका हुन्। 

नेपालगञ्ज शिक्षण अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, फेवा सिटी हस्पिटल र फिसटेल हस्पिटल, ओखलढुङ्गा सामुदायिक अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, डडेलधुरा प्रादेशिक अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई रु ६६ लाख ७२ हजार बराबरका अतिरिक्त पार्टपुर्जा प्रदान गरिएको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ।

यसअघि फ्रान्सले भेन्टिलेटरसहित सात टन स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको थियो। 

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्