Kathmandu Press

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सिन्धुली, भदौ ३१ : सिन्धुलीको मूलकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। सर्लाहीबाट काठमाडौं आउँदै गरेको प्र २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाइकल...
सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सिन्धुली, भदौ ३१ : सिन्धुलीको मूलकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। 

सर्लाहीबाट काठमाडौं आउँदै गरेको प्र २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाइकल सुनकोसी गाउँपालिका–५ मुलकोटस्थित बिपी राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धलीले जनाएको छ।

Hardik ivf

मृत्यु हुनेमा सर्लाही संग्रामपुर गाउँपालिका–२ का २६ वर्षीय अजमद अन्सारी रहेको प्रहरीले जनाएको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्