Kathmandu Press

एमालेलाई कागजको नभई बास्ना दिने फूलजस्तै बनाउनुपर्छ : पाेखरेल

काठमाडौं, भदौ ३१ : एमाले महासचिव ईश्वर पोखरेलले एमालेलाई कागजको फूलजस्तो नभई बास्ना दिने फूलजस्तै बनाउनुपर्ने बताएका छन्।एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आज (बिहीबार) आयोजित...
एमालेलाई कागजको नभई बास्ना दिने फूलजस्तै बनाउनुपर्छ : पाेखरेल

काठमाडौं, भदौ ३१ : एमाले महासचिव ईश्वर पोखरेलले एमालेलाई कागजको फूलजस्तो नभई बास्ना दिने फूलजस्तै बनाउनुपर्ने बताएका छन्।

एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आज (बिहीबार) आयोजित विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतासँग जोडिएर गए मात्र एमाले बास्नादार फूल बन्न सक्ने बताए।

Hardik ivf

एमालेमा व्यापक जनपरिचालन जरुरी रहेको उनको भनाइ थियो। ‘जनतासँगको सम्बन्ध टुट्यो भने, नाम झन्डा रहला तर परिवर्तनको वाहक एमाले रहँदैन,’ उनले भने।  

सुदृढ र व्यवस्थित एमाले बनाएर समाजवादको आधार तयार गर्ने कुरामा ध्यान सबै नेता–कार्यकर्ताको ध्यान जानुपर्नेमा महासचिव पोखरेलले जोड दिए। जनतासँगको सम्बन्ध सुदृढ बनाएर समाजवादको आधार तय गर्नुपर्ने उपाय उनले सुझाए।  

कार्यकर्तामा अध्ययन र प्रशिक्षण कमी हुँदै गएकाले समस्या भइरहेको उनले बताए। ‘हामी पार्टी दस्तावेज, अन्तरपार्टी निर्देशन पढ्दैनौं, सामाजिक सञ्जालमा भुलिन्छौं,’ उनले भने, ‘अब अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्छ, पार्टीलाई गतिलो बनाउन सबैमा एक किसिमको संकल्प आवश्यक छ।’

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्