विप्लवका जिल्ला सेक्रेटरी पक्राउ, वडा कार्यालयमा आगजनी
पोखरा, साउन १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की सेक्रेटरी पक्राउ परेका छन्।
प्रहरी टोलीले नेकपाका जिल्ला सेक....

पोखरा, साउन १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कास्की सेक्रेटरी पक्राउ परेका छन्।
प्रहरी टोलीले नेकपाका जिल्ला सेक्रेटरी सुजन विकलाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए। यसअघि जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई जिल्ला सेक्रेटरी बनाएको थियो। उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, नेकपाको एक समूहले डोटीको शिखर नगरपालिका–७ बैरकोटमा वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझीका अनुसार, गए राति करिब १ बजे वडा कार्यालयमा आगजनी गरिएको हो। आगजनीबाट वडा कार्यालयमा भएका फर्निचर, कागत तथा अन्य सरसामान जलेर नष्ट भएको छन्। ‘घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ,’ एसपी माझीले भने।
आगजनीबाट वडाध्यक्ष तथा वडासचिवको कोठामा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको वडाध्यक्ष नरबहादुर बलायरले बताए। त्यस क्षेत्रमा जिल्ला प्रहरी कार्यालय डोटीसहित नजिकको प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी टोली परिचालन भएको गरिएको छ।
यस अघि बडीकेदार, जोरायल गरी तीन स्थानीय तहका वडा कार्यालयमा आगजनी गरिएको थियो।

-1784896419.png)









