Kathmandu Press

सवारी दुर्घटनाका घाइतेलाई विमानबाट उद्धार

बैतडी, भदौ ३१ : बैतडीको दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ।उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६...
सवारी दुर्घटनाका घाइतेलाई विमानबाट उद्धार

बैतडी, भदौ ३१ : बैतडीको दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ।

उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन्।

Hardik ivf

घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले बताए।

जोशीको टाउकामा गम्भीर चोट लागेको छ। स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो।

राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए।

मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए। रासस

प्रकाशित मिति: १०:४४ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्