Kathmandu Press

भीरबाट लडेर दुई जनाको मृत्यु

हेटौडा, भदौ ३१ : भीरबाट लडेर मकवानपुरको भिमफेदीका दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन...
भीरबाट लडेर दुई जनाको मृत्यु

हेटौडा, भदौ ३१ : भीरबाट लडेर मकवानपुरको भिमफेदीका दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङको भीरबाट लडेर मृत्यु भएको हो।

उनीहरु स्थानीय धुन्धुरे खोलामा मासुका लागि पाहा मार्न गएका थिए। पाहा मार्ने क्रममा चिप्लिएर लड्दा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस क्षेत्रमा मासुका लागि पाहा मार्ने चलन छ। पाहाले दीर्घरोग निको हुने स्थानीयको विश्वास छ।

रातिको समयमा पाहा खोँचमा निस्कने भएकाले शिकार गर्न जाने गरिएको छ। त्यहि क्रममा उनीहरु पनि मंगलबार राति पाहा मार्न गएका थिए।

 

प्रकाशित मिति: ०७:३४ बजे, बिहीबार, भदौ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्