नीति परिवर्तन गर्दा निजी क्षेत्रलाई मर्का परेको छ : राजेन्द्र मल्ल

काठमाडौं, भदौ ३० : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्न सरकारले पहल लिनुपर्ने र दलहरुबीच सहमति हुनुपर्ने बताएका छन्।
आज ९बुधबार० रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘सरकारको नेतृत्व परिवर्तन हुँदैमा असर हुनुभएन, सरकारी पुँजी दरिलो हुनुपर्छ। मुलुकको खर्च चलायमान हुनुपर्छ। हिजो जुन किसिमको संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच बेमेलको कारण मुलुक अप्ठ्यारोमा छ।’
उनले थपे, ‘मुलुक चलायमान र जिडिपी ग्रोथ गर्न खर्च गर्ने कामपनि समयमै हुनुपर्छ। विकास निर्माणको काम समयमै नहुने भएकाले वर्षौदेखि समस्या छ।’
उनले असोज ४ गतेसम्म दलहरुबीच सर्वसम्मति हुने विश्वास व्यक्त गरे। ‘संसद् बन्द गरेर अध्यादेशबाट ल्याउने पनि अवस्था छ। विश्व र छिमेकी हाँस्नेगरि काम नगरौं। सिसिडीको कुरा छ, ८५ प्रतिशत थियो। तर पछि एक महिनामा भयो ९० प्रतिशत। ब्याजदर धमाधम बढिरहेको छ,’ उनले भने, ‘अर्थतन्त्रमा असर परेको छ। नीति परिवर्तन गर्दा निजी क्षेत्रलाई मर्का परेको छ।’
उनले मुलुकलाई डेडलकमा राख्न नहुनेमा जोड दिए। ‘मुलुक आत्मनिर्भर बन्नुपर्छ र स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ,’ उनले भने।











