Kathmandu Press

दलहरूले समाधान खोज्नुपर्छ, अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्छ : डा. चन्द्रमणि अधिकारी 

काठमाडौं, भदौ ३० : अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए।आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
दलहरूले समाधान खोज्नुपर्छ, अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्छ : डा. चन्द्रमणि अधिकारी 

काठमाडौं, भदौ ३० : अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरुले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अहिलेको अवस्थाले हामी तदर्थवादमा चलिरहेको देखाउँछ। समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रि-बजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको छ तर हामीकहाँ छलफल नै हुँदैन। हाम्रो राजनीतिक नेतृत्व र सरकार गम्भीर रहनेछ भन्ने मनोविज्ञान देखिन्छ।’ 

अहिलेको परिस्थितिको समाधान दलहरुबाट नै निकाल्नुपर्नेमा उनको भनाइ छ। उनले भने, ‘यसको समाधान संसद्बाट हुने हो। चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्छ। प्रतिपक्षले पनि सहयोग गर्नुपर्छ। अर्थतन्त्र बिग्रियो भने मुलुक पछि पर्छ।’

अहिले आर्थिक सूचकहरु ओरालो लागिसकेको र शोधानन्तर बचतमा पनि नकारात्मक स्थितिमा पुगेको उनले बताए।
 

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्