Kathmandu Press

आर्थिक विषयमा दलहरुबीच सहमति हुनुपर्छ : डा. विमल कोइराला

काठमाडौं, भदौ ३० : पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताएका छन्।आज (बुधबार)...
आर्थिक विषयमा दलहरुबीच सहमति हुनुपर्छ : डा. विमल कोइराला

काठमाडौं, भदौ ३० : पूर्व मुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यमा परेको बताएका छन्।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘हामी अहिले ज्यादै अप्ठ्यारो परिस्थितिमा छौं, हिजोबाट त कठिनबाट झन कठिन अवस्थामा प्रवेश गरेका छौं। हाम्रो राजनीतिक अवस्था बडो विद्रुप रूपमा अघि बढेको छ।’

Hardik ivf

अबका दिनमा यही परम्परा बस्ला भन्ने डर रहेकाले सरकार चनाखो हुनुपनेर्मा उनले जोड दिए। ‘बजेट कार्यान्वयन गर्न सरकारसँग धेरै उपाय थिए तर सरकार चुकेको छ,’ उनले भने।

‘कुन परिस्थितिमा अध्यादेशबाट बजेट आयो त पहिले, वास्तवमा संसद् विघटन गरेर यसअघिको सरकारले अध्यादेशमार्फत बजेट ल्यायो। संसद् विघटन गरेर चुनाव घोषणा गरेर सरकारले पूर्ण बजेट ल्याउनुहुँदैन। अहिलेको सरकारले प्रतिस्थापन विधेयक ल्यायो,’ उनले भने, ‘यो बेलामा प्रतिस्थापन बजेट पास भएन भने मुलुकको अवस्था के हुन्छ भनेर सरकारले जोखिम हेर्नुपथ्र्याे। सरकारले यसैगरी बजेट पास भैहाल्छ भन्ने साच्यो।’

समाधानका सबै उपाय भए पनि अपनाउन नसक्दा सरकार चुकेको आरोप उनले लगाए। ‘प्रतिपक्षी कहाँ चुक्यो भने उसका राजनीतिक मुद्दा होला तर संसद सञ्चालनमा सबै राम्रो बाटोमा हिँड्नुपर्छ । क्षणिक तुष्टिका निम्ति एमालेले तिलाञ्जली दियो। यस्तो किसिमको राजनीतिले मुलुकलाई राम्रो दिशामा लाँदैन। मुलुकको आर्थिक विकासको निम्ति सोच्नुपर्नेछ,’ उनले भने।

उनले विनियोजन विधेयकले दिएको अत्यावश्यक खर्च पनि गर्न नसक्ने अवस्था आएको बताए। सबै मिलेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए। ‘सबै दलहरूले यो अवस्था हामीले सिर्जना गरेका हौं भनेर छिटोभन्दा छिटो टुंगो लगाउनुपर्छ। आर्थिक विषय खासगरी मुलुक सञ्चालन गर्ने विषयमा दलहरुबीच सहमति हुनुपर्छ ।’

उनले एकदमै अप्ठ्यारो पर्यो भने खर्च निउमित गर्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्