Kathmandu Press

पार्टी बचाएको भन्दै ओलीले नेता-कार्यकर्तालाई दिए धन्यवाद

काठमाडौं, भदो ३० : एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिले पार्टीलाई ध्वस्त पार्न खोजे पनि नेता–कार्यकर्ताले बचाएको बताएका छन्। आज (बुधबार) रुपन्देहीको बुटवलमा आयोजित...
पार्टी बचाएको भन्दै ओलीले नेता-कार्यकर्तालाई दिए धन्यवाद

काठमाडौं, भदो ३० : एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिले पार्टीलाई ध्वस्त पार्न खोजे पनि नेता–कार्यकर्ताले बचाएको बताएका छन्। 

आज (बुधबार) रुपन्देहीको बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको भलो चाहने नेता–कार्यकर्ताले पार्टीलाई टुटफुट हुन नदिएर जोगाएको भन्दै धन्यवाद ज्ञापन गरे।

‘पार्टी ध्वस्त पार्न खोजिएको थियो, कब्जा गर्न खोजिएको थियो,’ ओलीले भने, ‘पार्टीलाई प्रतिक्रियावादीका पाउमा चढाउन खोजिएको थियो। तपाईंहरुले पार्टी जोगाउनुभयो। धेरै धेरै धन्यवाद!’

प्रकाशित मिति: १६:५७ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्