कक्षा १२ को नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं, भदौ ३० : आज (बुधबार) देखि कक्षा १२ को परीक्षा सुरु भएको छ। सोही परीक्षा दिइरहेको अवस्थामा पर्साबाट एक नक्कली परीक्षार्थी पक्राउ...
काठमाडौं, भदौ ३० : आज (बुधबार) देखि कक्षा १२ को परीक्षा सुरु भएको छ। सोही परीक्षा दिइरहेको अवस्थामा पर्साबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सागढी नगरपालिका–४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थी २० वर्षीय रामचन्द्र दासलाई पक्राउ गरिएको हो।
उनी सन्दीप दासको ठाउँमा परीक्षा दिन आएको प्रहरीको भनाइ छ। परीक्षा हलमा रामचन्द्रलाई वरिपरि बस्ने अरू विद्यार्थीले नचिनेपछि होहल्ला भएको थियो।
जसका कारण प्रहरीले ती नक्कली परीक्षार्थीबारे खबर पाएको र पक्राउ गरिएको बताइएको छ। त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३२ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











