Kathmandu Press

तामाङ भाषा बोल्न प्रतिबन्ध लगाइएको भन्दै विद्यार्थी घेदुङको आपत्ति

तामाङ भाषा बोल्न प्रतिबन्ध लगाइएको भन्दै विद्यार्थी घेदुङको आपत्ति

काठमाडौं, भदौ ३० : नेपाल तामाङ विद्यार्थी घेदुङले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित कालिकादेवी माध्यमिक विद्यालयमा तामाङ भाषा बोल्न नपाइने भनी लगाइएको प्रतिबन्धप्रति आपत्ति जनाएको छ।

आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै घेदुङले उक्त विद्यालयका प्रधानाध्यापक श्री निराजन गिरीले विद्यालय परिसरभित्र कुनै किसिमको मातृभाषा बोल्न नपाउने भनी विद्यार्थी, शिक्षकशिक्षिका, कर्मचारीबीचमा पनि लगायतलाई निर्देशन गरेको र निर्देशन उल्लंघन गरेको भन्दै व्यक्तिगत जीवनमा समेत आँच आउने गरी गालीगलौज गरेकोप्रति आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्तो घटनाप्रति घोर भर्त्सना गरेको छ।

Hardik ivf

‘प्रधानाध्यापक निराजन गिरीले विद्यालय परिसरभित्र कुनै किसिमको मातृभाषा बोल्न नपाइने भनी विद्यार्थी, शिक्षक, कर्मचारीलाई निर्देशन गरेको र उक्त निर्देशन सोही विद्यालयमा अध्यापनरत शिक्षिका अनिता तामाङ, विमला तामाङले उल्लंघन गरेको भनी विद्यार्थीहरू अन्य शिक्षक र कर्मचारीहरुबीच व्यक्तिगत जीवनमा समेत आँच पुग्नेगरी गालीगलौज र अवहेलित व्यवहार गरेको हुनाले प्रधानाध्यापकको उक्त व्यवहारको घोर भर्त्सना गर्दै आउने दिनहरुमा यस्तो व्यवहार नदोहोर्‍याउन चेतावनी दिँदै शिक्षिकाद्वय र हाम्रो समुदायको भाषामाथि समेत आँच आउने व्यवहार गरेकाले मुलुकी ऐन, कानुनबमोजिम कारबाही गर्न अनुरोध गर्दछौं,’ अध्यक्ष दिनेशकुमार लोद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आउने दिनहरुमा उक्त विद्यालयमा मातृभाषाका नाममा त्यस किसिमको गलत क्रियाकलाप नदोहोर्‍याउन पनि सम्बन्धित पक्षलाई घेदुङले आग्रह गरेको छ।

नेपालको संविधानको धारा ३१ को शिक्षासम्बन्धी हर र धारा ३२ को भाषा तथा संस्कृतिको हकअनुसार राज्यका प्रत्येक नागरिकले आफ्नो मातृभाषामा शिक्षा आर्जन गर्ने, पठनपाठन गर्न पाउने व्यवस्था रहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्