प्रधानमन्त्री ओलीद्वारा गंगालाल राष्ट्रिय हृदय केन्द्र भवन उद्घाटन
काठमाडौं, ११ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्दै यसले स....
काठमाडौं, ११ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्दै यसले सबै मानवलाई समान रुपमा उपचार गर्नुपने बताएका छन् ।
भवन उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे । ‘यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समानभावले उपचार गर्नेछ’, उनले भने, ‘अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातीको रुपमा उपचार गर्नुपर्दछ ।’
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा आफू गृहमन्त्री भएको बेला यस अस्पतालको निर्माणको प्रस्ताव आएको पनि प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘हृदय रोग उपचार केन्द्र निर्माण गरौंं भनेर डा. अरुण सायमीजीले प्रस्ताव ल्याउँदा म धेरै खुशी भएको थिएँ’, प्रधानमन्त्री ओलीले भने, ‘भयावह हुँदै गरेको मुटु रोगको उपचार हुन सहज भएपछि धेरै जनाको ज्यान बच्ने भयो भनेर पनि मेरो मन रमाएको थियो ।’
प्रधानमन्त्री ओलीले यस प्रकारका उच्च प्रविधियुक्त अस्पतालहरुले हामीलाई विद्वान पुर्खाको विरासततर्फ फर्काएको पनि दाबी गरे । नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘पुर्खाहरुले प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधिको रुपमा प्रयोग गरे । त्यतिबेला कुनै प्रयोगशाला थिएनन् । त्यस कारण जडिबुटीहरुलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधि र विष छुट्याउने हाम्रै पुर्खा हुन् हाम्रा पुर्खाहरु अन्धविश्वासमा होइन, प्रयोगमा विश्वास गर्दथे ।’
पुर्खाको विद्वता र ज्ञानलाई वर्तमान पुस्ताले पुनप्र्राप्ति गर्न थालेको पनि प्रधानमन्त्रीको भनाइ छ । ‘हामीसँग पुर्खाहरुको जेनेटिक मेमोरी पनि छ । त्यस कारण पनि हामीलाई विद्वताका कुराहरु ग्रहण गर्न समय लाग्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘औषधिउपचार र अङ्ग प्रत्यारोपणमा हामीले पाएको सफलता त्यसकै एउटा उदाहरण हो ।’

-1784896419.png)









