बेचिसकेको जग्गा फेरि बेच्ने भन्दै बैना लिएर ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं, भदौ ३० : बिक्री गरिसकेको जग्गा पुनः बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका–३२ बस्ने सुनसरी...
काठमाडौं, भदौ ३० : बिक्री गरिसकेको जग्गा पुनः बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका–३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका–९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ।
कटुवाल र काठमाडौं महानगरपालिका–१० बस्ने मोरङ केराबारी गाउँपालिका–६ घर भएका धिरजकुमार दाहालले पीडितसँग चिनजान गरी दाहालको नाममा रहेको मोरङ साबिक केराबारी गाविस–६ मा रहेको कित्ता नं. ६३८ को क्षेत्रफल ०–१–१० र कित्ता नम्बर ६४० को क्षेत्रपल ०–७–२–० को जग्गाहरु बिक्री गर्ने भन्दै जग्गाको मूल्य कायम गरी काठमाडौ सुकेधारामा बैना गरी उक्त नगद लिई जग्गाहरु पास नगरी सम्पर्कविहीन भएका थिए।
उनी सम्पर्कविहीन भएपछि मालपोत कार्यालय मोरङमा गई उक्त जग्गा अन्य व्यक्तिहरुको नाममा बिक्री भइसकेको जग्गा पुनः बिक्री गर्ने भन्दै कटुवालले ठगी गरेको खुल्न आएपछि महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनलाई ठगी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाउनुका साथै फरार रहेका दाहाल समेतको खोजी भइरहेको उक्त महाशाखाले जनाएको छ।











