महसुल नबुझाउने ग्राहकको लाइन काटियो
तम्घास, भदौ ३० : गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका...
तम्घास, भदौ ३० : गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका– २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो। लाइन काटिएका ग्राहकले कूल रु छ लाख ५६ हजार १६।४२ बुझाउन बाँकी रहेको प्राधिकरणका प्राविधिक पदम थापाले जानकारी दिए।
लाइन काटिसकेपछि २३ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख छ हजार बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको थापाले जानकारी दिए।
प्रकाशित मिति: १३:२९ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











