Kathmandu Press

मनसुनी गतिविधि कमजोर बन्दै, केही दिन भारी वर्षा नहुने

काठमाडौं, साउन ११c : तीन दिन देशभर लगातार वर्षा भएपनि अब केही दिन भने मौसम सफा रहने अनुमान गरिएको छ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू....

 मनसुनी गतिविधि कमजोर बन्दै, केही दिन भारी वर्षा नहुने

काठमाडौं, साउन ११c : तीन दिन देशभर लगातार वर्षा भएपनि अब केही दिन भने मौसम सफा रहने अनुमान गरिएको छ।

मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालले बताए। ‘मनसुन सेप्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर चलिरहने छ,’ मौसमविद् अर्यालले भने।

तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आग्रह गरेको छ।

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, साउन ११, २०७६