प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ
पर्सा, भदौ ३० : प्रतिबन्धित भारतीय रुपैयाँ सहित वीरगन्जमा एकजना पक्राउ परेका छन्।वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६...
पर्सा, भदौ ३० : प्रतिबन्धित भारतीय रुपैयाँ सहित वीरगन्जमा एकजना पक्राउ परेका छन्।
वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँसहित बहुदरमाई नगरपालिका–४ बस्ने २५ वर्षीय अजय कुमार शर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भारतबाट वीरगन्जतर्फ आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्माको झोलामा उक्त भारतीय रूपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो।
उनलाई उक्त बरामद रकम र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रकाशित मिति: १३:२८ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











