Kathmandu Press

आफ्नै नाबालक शिशु हत्याको अभियोगमा दम्पत्ति पक्राउ

रूपन्देही भदौ २९ : रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार...
आफ्नै नाबालक शिशु हत्याको अभियोगमा दम्पत्ति पक्राउ

रूपन्देही भदौ २९ : रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो।

शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको आज सूचनामार्फत जानकारी गराएका छन्।

Hardik ivf

मृतकको परिवारमा जग्गासम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनास्थलको अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो। मल्लाह दम्पत्ति सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको थियो। बिस्तारामा, विद्युत्को स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ।

मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ। मृतक शिशुका आमा–बुबालाई कर्तव्य यान मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताए।

प्रकाशित मिति: २१:१९ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्