Kathmandu Press

प्रदेश नं १ मा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि

विराटठनगर, भदौ २९ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार २३० को...
प्रदेश नं १ मा थप ३९० जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

विराटनगर, भदौ २९ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हजार २३० को पीसीआर परीक्षण गर्दा २८२ र ५३५ को एन्टिजेन परीक्षण गर्दा १०८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०२ मध्ये विराटनगरमा ४४, झापामा १०१, सुनसरीमा ६१, इलाममा आठ, ताप्लेजुङ, धनकुटा र उदयपुरमा दुई÷दुई, पाँचथर र खोटाङमा एक÷एक  र प्रदेशबाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो।    

प्रदेशमा आजै ३२८ कोरोना सङक्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १५९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०:५९ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्