Kathmandu Press

नेपालले ओमानलाई दियो १९७ रनको सामन्य लक्ष्य

काठमाडौं, भदौ २९ : विश्वकप लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई १९७ रनको सामान्य लक्ष्य दिएको छ। मंगलबार अल अमेरात...
नेपालले ओमानलाई दियो १९७ रनको सामन्य लक्ष्य

काठमाडौं, भदौ २९ : विश्वकप लिग–२ अन्तर्गतको सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई १९७ रनको सामान्य लक्ष्य दिएको छ। मंगलबार अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा मिडल अर्डर चल्न नसक्दा नेपालले ओमानलाई सामान्य लक्ष्य दिएको हो।

आसिफ सेखले ९० रनको उत्कृष्ट इनिङ खेलेपनि मिडल अर्डर चल्न नसक्दा नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रनमै अलआउट भयो। इनिङको दोस्रो बलमै कुलश भुर्तेललाई गुमाएको नेपालको इनिङ सम्हाल्ने क्रममा आसिफले ११२ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ९० रन बनाए। 

Hardik ivf

आसिफको यो पहिलो एकदिवसीय शतक हो। एकदिवसीयमा नेपालका लागि यो दोस्रो उच्च स्कोर हो। आसिफले आमानमै भएको पपुवा न्युगिनविरुद्धको सिरिज मार्फत एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए।

आसिफका अलावा नेपालका लागि करण केसी र ज्ञानेन्द्र मल्लले २१–२१ रन बनाउँदा रोहितकुमार पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए। 

नेपालको इनिङ धरासायी बनाउने क्रममा बिलाल खानले १० ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए। यस्तै नेस्टोर धाम्बेले २ विकेट लिए।

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्