बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, भदौ २९ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रक्रउ परेका छन्। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय अनिस...
काठमाडौं, भदौ २९ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रक्रउ परेका छन्। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय अनिस सुन्दास रहेका छन्।
उनलाई प्रहरीले बुढानिलकण्ठ नगरपालिका ९ गोल्फुटारबाट सोमबार पक्राउ गरेको हो।
उच्च अदालत ललितपुरको २०७७ चैत ८ गतेको फैसलाले ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्दरीजलमा फेला पारी पक्राउ गरेको हो।
अनिसले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरूलाई झुक्यानमा पारी लक्ष्मी बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उनलाई उक्त फैसला गरेको थियो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।
प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












