Kathmandu Press

सेनाको टोलीद्वारा १०३ किलो गाँजासहित युवक पक्राउ

नेपाली सेनाको एलआरपी टोलीले एक सय तीन किलो गाँजासहित पर्साबाट एक युवकलाई पक्राउ गरेको छ।
सेनाको टोलीद्वारा १०३ किलो गाँजासहित युवक पक्राउ

काठमाडौं, भदौ २९ : नेपाली सेनाको एलआरपी टोलीले एक सय तीन किलो गाँजासहित पर्साबाट एक युवकलाई पक्राउ गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सिद्धिबक्स गणको टोलीले २८ भदौमा हेटौंडा–३ हाँडीखोलाका २८ वर्षीय बुद्धबहादुर ब्लोनलाई पक्राउ गरेको हो ।

उनको साथबाट एक सय तीन किलो ९२ ग्राम गाँजा, दुईथान मोबाइल सेट र दुईवटा झोला बरामद गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्