वीरगञ्जको महावीर मन्दिरमा सामूहिक हनुमान चालिसा वाचन
वीरगञ्जस्थित महावीर मन्दिरमा नियमित रूपमा सामूहिक हनुमान चालिसा वाचन भइरहेको छ ।
पर्सा, भदौ २९ : वीरगञ्जस्थित महावीर मन्दिरमा नियमित रूपमा सामूहिक हनुमान चालिसा वाचन भइरहेको छ ।
मंगलबार त्यसको १२औँ शृंखला सम्पन्न भयो । विश्व हिन्दू परिषद नेपालले हरेक मंगलबार हनुमान चालिसा वाचन आयोजना गरिरहेको छ ।
सनातन धर्मको रक्षा, हिन्दु संस्कृति र धार्मिक आस्था मजबुत बनाउन उक्त कार्यक्रम सुरु गरिएको परिषदको पर्सा जिल्ला समिति उपाध्यक्ष शम्भु महतो थारूले जानकारी दिए ।
हरेक साता सहभागीहरूको संख्या स्वतःस्फुर्त रूपमा बढ्दै गएको थारूले बताए । मंगलबार बिहान ७ बजेर २० मिनटमा वाचन समारोह सुरु हुन्छ ।
प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)