जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
जाजरकोट, भदौ २९ : जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप...
जाजरकोट, भदौ २९ : जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।
दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति: १६:३० बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












