Kathmandu Press

काभ्रेमा कोरोना संक्रमणदर घट्दै

बनेपा, भदौ २९ : रोशी गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको छ। शनिबार दुई जना संक्रमणमुक्त भएपछि सो गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको हो। चौंरीदेउराली, तेमाल...
काभ्रेमा कोरोना संक्रमणदर घट्दै

बनेपा, भदौ २९ : रोशी गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको छ। 

शनिबार दुई जना संक्रमणमुक्त भएपछि सो गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको हो। चौंरीदेउराली, तेमाल र खानीखोला गाउँपालिकामा केही दिनदेखि एक÷एक संक्रमित रहेका छन् । शनिबार संक्रमणमुक्त भएको चौंरीदेउरालीमा सोमबार एक सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी(ले जनाएको छ। 

Hardik ivf

केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो हप्ता दैनिक रुपमा कोरोना संक्रमण दर घटिरहेको देखिएको छ भने संक्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको छ। काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये हाल एक गाउँपालिका संक्रमणमुक्त देखिएको हो। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना सङ्क्रमित देखिएका छन् भने १९ जना सङ्क्रमणमुक्त भएका छन् । जिल्लामा हाल १८२ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ५१, धुलिखेलमा ३७, पाँचखालमा २५, पनौतीमा ३५, नमोबुद्धमा १५, मण्डनदेउपुरमा तीन तथा भुम्लु तीन, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा दुई जना रहेका छन्। 

आइतबार दुई संक्रमित हुँदा ३९ जना संक्रमणक्त भएका छन्। शनिबार १७ जनामा संक्रमण देखियो थियो भने १९ जना संक्रमणमुक्त भएको केन्द्रले जनाएको छ। यस्तै, जिल्लामा शुक्रबार ११ संक्रमित थपिँदा ३५ जना संक्रमणमुक्त भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले संक्रमणदर भन्दा संक्रमणमुक्त हुने दर अधिक रहेको देखाएको हो। 

काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ। हालसम्मका कूल संक्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ संक्रमणमुक्त भइसकेका छन्। भदौ महिनामा नगन्य मात्रामा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ। 

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा आउँदो असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ। कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो। 
 

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्