Kathmandu Press

ओमानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने

काठमाडौं, भदौ २९ : आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी दोस्रो त्रिकोणात्मक सिरिजमा आयोजक ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। ओमानस्थित अल...
ओमानविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने

काठमाडौं, भदौ २९ : आईसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी दोस्रो त्रिकोणात्मक सिरिजमा आयोजक ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ४ः१५ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

लिग–२ अन्तर्गतको दोस्रो क्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो खेल हो। यसअघि नेपालले सोमबार भएको पहिलो खेलमा कुलश भुर्तेल र रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि अमेरिकालाई ५ विकेटले हराएको थियो।

नेपालले ओमानविरुद्ध पुरानै टिममा कुनै परिवर्तन गरेको छैन । 

नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोब
 

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, भदौ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्